ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्रकाे संगठन विभागको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई

नेपालगाथा २०७८ भाद्र ९ गते बुधबार १५:३७:४७ मा प्रकाशित

काठमाडाैं । माओवादी केन्द्रले सांगठनिक संरचनालाई पूर्णता दिएको छ । पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् । अर्को महत्वपूर्ण स्कुल विभाग भने प्रचण्ड आफैंले राखेका छन् । वर्षमान पुनले पनि आर्थिक तथा योजना र केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाएका छन् ।

केन्द्रीय कमिटी बैठकपछि भदौ ५ र ६ मा बसेको स्थायी समिति बैठकले प्रदेश, जिल्ला समन्वय समितिहरुको इन्चार्जहरू टुङ्ग्याएकाे हाे । माओवादीमा जिम्मेवारी पाउने हिसाबले जनार्दन शर्मा र वर्षमान पुनले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । नारायणकाजी श्रेष्ठ प्रचण्डपछिका दोस्रो तहका नेता भए पनि उनी प्रवक्ताबाट पनि हटेका छन् । अरुले दोहोरो जिम्मेवारी पाउँदा श्रेष्ठले पार्टीमा एउटा मात्रै जिम्मेवारी पाएका छन् । उनले प्रवास समितिको मात्रै जिम्मेवारी पाएका छन् । मिल्दो जुल्दो विदेश मामिला विभाग पनि श्रेष्ठले पाएका छैनन् । त्यो विभाग सुरेन्द्र कार्कीले पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top