होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले तत्काल भूमि आयोग पुनर्गठन गर्न माग गरेको छ । एमाले अध्यक्ष गोरख बोगटीले दिएकाे जानकारी अनुसार दल विभाजन गराउनका लागि ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको सशक्त प्रतिकार गर्ने निर्णय पनि गरेको छ । भदौ तीन गतेदेखि बसेको प्रदेश कमिटी बैठककाे निर्णय सुनाउँदै अध्यक्ष बाेगटीले यस्ताे जानकारी गराएका हुन् ।
बैठकले एमालेका सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टी जीवनमा देखापरेका चुनौतीहरुको सामना गर्दै पार्टीमा गोलबन्द हुन आग्रह गरेको छ । कर्णाली प्रदेश पार्टी ईन्चार्ज यामलाल कंडेलले भने, ‘सबै नेता तथा कार्यकर्ताहरुलाई एमालेमा गरेको योगदान र बहन गरेको जिम्मेवारीलाई सम्झँदै पूर्ववत् जिम्मेवारीमा फर्कन आग्रह गर्दछौं ।’
उनका अनुसार बैठकले मध्यपश्चिम विश्वविद्यालयमा विगत केही समयदेखि प्राज्ञिक मर्यादाविपरीतका घटना सिर्जना भएकोप्रति एमालेले चिन्ता व्यक्त गरेको छ ।