ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिँदै

नेपालगाथा २०७८ श्रावण २७ गते बुधबार ०९:५२:५० मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिने भएका छन् । स्रोतका अनुसार प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मङ्गलवार बेलुका बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए ।

अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए । आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top