ट्रेण्डिङ

होमपेज / राजनीति

दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड : नेता थापा

नेपालगाथा २०७८ श्रावण २० गते बुधबार १३:२८:०० मा प्रकाशित

चितवन। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार पत्रकारसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताए।

‘नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो‚’ उनले भने‚ ‘त्यो तागत फेरि दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ।’ दार्चुला व्याँस गाउँपालिकाका युवा जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो।

अघिल्लो सरकारले संसदमा छलफल नगरी गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै उनले भने‚ ‘सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।ֹ’

फरक प्रसंगमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानूनले दिएको समय र सीमाभित्र रहेरसम्पन्न गर्नुपर्नेमा जोड दिए। पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उनले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक बोलाउन भनिएकामा बैठक नबोलाउने तर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने धारणा पनि व्यक्त गरे।

पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उहाँले जोड दिए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top