ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री शाहीको लागि ७८ लाख बजेट विनियोजन

नेपालगाथा २०७८ श्रावण १२ गते मंगलबार १८:३७:५२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको लागि रु. ७८ लाख ५३ हजार रकम विनियोजन गरिएको छ । मुख्यमन्त्री शाहीको विलासी जीवन निर्वाहका लागि आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट कार्यक्रममा मुख्यमन्त्रीले पाउने परिश्रमिक सुविधाबाहेकको उक्त रकम विनियोजन गरिएको हो ।

मुख्यमन्त्री शाहीका लागि पारिश्रमिक सेवा सुविधाबाहेक भ्रमण खर्च २५ लाख २० हजार, पर्यटन काज वापतको खर्च १० लाख ५८ हजार र चियापान खर्च ७ लाख ५० हजार, अथिति सत्कारका लागि १ लाख ८० हजार, अतिथि स्वागत खर्च १० लाख, डिजेल खर्च ३ लाख बजेट व्यवस्थापन गरिएको छ ।

मुख्यमन्त्री शाहीलाई जारको पिउने पानी मिनिरलका लागि २ लाख ८८ हजार र ट्यांकर पानीका लागि २ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ । यस्तै, मुख्यमन्त्री शाहीको लागि सञ्चार खर्चका लागि ८४ हजार, टेलिफोन जडान वापत ९० हजार, ईन्टरनेटका लागि ७५ हजार, टेलिफोन महसुलका लागि ५ लाख ७५ हजार, एसएमएस वापत १ लाख २० हजार र ईमेल ईन्टरनेट वेवसाइट महसुल ५ लाख २५ हजार रकम विनियोजन गरिएको छ ।

यस्तै, मुख्यमन्त्रीको समन्वय विज्ञको लुगा भत्ता १० हजार, डिजेल २८ हजार, मोविल ६ हजार, मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकार २ लाख ४० हजार र मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार आवास सुविधा २ लाख ४० हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top