ट्रेण्डिङ

होमपेज / राजनीति

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १७:५७:५४ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले उक्त पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिए ।

सोमबार आयोगमा उपस्थित ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये बहुमत अर्थात् ३४ जना सदस्यले यादव पक्षमा सनाखत गरेका थिए । त्यही सनाखतका आधारमा यादव पक्षले आधिकारिकता पाएको  निर्वाचन आयोगक प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top