ट्रेण्डिङ

होमपेज / राजनीति

जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनमा सत्ता परिवर्तनसँगै व्यापक हेरफेर

यादव ३५ ठाकुर पक्षमा १६

नेपालगाथा २०७८ श्रावण ११ गते सोमबार १३:५०:११ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनमा सत्ता परिवर्तनसँगै व्यापक हेरफेर भएको छ । 

जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन् ।कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइने भएको छ ।

सत्ता परिवर्तनसँगै उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ । एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

रेशम चौधरीलाइ निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top