होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले विभाजन गर्न सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । । माइतीघरको कार्की पार्टी प्यालेसमा युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।नेता बस्नेतले एमाले फुटाएर देशमा राज गर्छौं भन्ने सपना नदेख्न पनि चेतावनी दिए । नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र गरिरहनु भएको छ भने त्यो सपना पनि नदेख्दा राम्रो हुनेछ ।’ उनले युथ फोर्स नागरिक हितमा उपयोग हुने दस्ताको रुपमा रहने पनि स्पष्ट पारे ।
नेता बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक तथा संवैधानिक नियुक्ति खारेज गरे सरकारविरुद्ध आन्दोलनमा उत्रिने पनि चेतावनी दिए ।एमालेले सरकारलाई समर्थन नगर्ने र एमाले छाडे सांसद पद जाने भएकाले २२ जनाको मन्त्री बन्ने सपना पुरा नहुने बताए ।