ट्रेण्डिङ

होमपेज / राजनीति

विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता

नेपालगाथा २०७८ श्रावण ९ गते शनिबार १५:५३:२० मा प्रकाशित

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुरलाई भेट्न पुगेका हुन् ।विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुसित भेटघाट गरिरहेका छन् । भेटवार्ताका लागि उनी नेताहरुकै निवास पुग्दै आएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।ती भेटवार्ताहरुमा उनले आफ्नो पार्टी र सकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top