ट्रेण्डिङ

होमपेज / राजनीति

 नेकपा एमालेको भातृ संगठन युवा संघले ब्युँताएकाे ‘युथ फोर्स’को काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदै

नेपालगाथा २०७८ श्रावण ९ गते शनिबार १४:५९:१३ मा प्रकाशित

काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन युवा संघले ब्युँताएकाे ‘युथ फोर्स’को काठमाडौँ भ्याली कमाण्ड घोषणा हुँदै छ ।एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा हुन लागेको घोषणा कार्यक्रममा सपथ पनि गराइने छ । घोषणाअघि काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निस्किएका छन्।

सर्वोच्च अदालतले असार २८ गते दाेस्राेपटक संसद पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै सडकमा उत्रिएको युवासंघले ‘ज्यादतीविरुद्ध लड्न’ भन्दै असार २९ गतेका दिन युथ फोर्स ब्यूँताएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top