होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।
क्रियाशील सदस्यता विवाद नसुल्झिँदा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित भएको हाे।आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।
‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’