होमपेज / राजनीति
काठमाडौं । निर्वाचन आयोगको 'हेड काउन्ट' गर्ने निर्णय रोक्न माग गर्दै जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर समूह सर्वोच्च अदालत पुगेको छ ।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतबारे निर्णय नहुँदै महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको हो ।ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिई पुरानो कार्यकारिणी समितीका ५० जना सदस्यहरुलाई ‘हेड काउन्ट’गर्न बोलाएको भन्दै सर्वोच्च पुगेका हुन् ।
जसपामा अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच पार्टीको आधिकारिकताबारे विवाद छ ।