होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको भएपनि उनले गलत ब्याख्या गरेको आरोप लगाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको कारण आफूहरू अदालत जानुपरेको उनको भनाइ छ ।'हामीले बहुमत सांसदको हस्ताक्षर लिएर गएपछि राष्ट्रपतिले संसदमा विश्वासको मत लिनआह्वान गर्नुपर्थ्यो, उहाँले त्यो गर्नुभएन । हस्ताक्षरका विषयमा उहाँले सनाखतका लागि आह्वान गर्नुपर्थ्यो त्यो पनि भएन । उहाँले निवेदन खारेज गरेपछि अदालत नगएर कहाँ जाने ? अदालतले राष्ट्रपतिलाई संविधानको धारा ७६ (५ ) अनुसार प्रधानमन्त्री बनाउन भनेको हो,' देउवाले भने ।