ट्रेण्डिङ

होमपेज / राजनीति

सुध्रिएलान् भनेर मिठो बोल्छु, महाराजाको शैलीमा आदेश आउँछ :माधव नेपाल

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १७:१८:३३ मा प्रकाशित

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको शैली र दम्भ कायम नै रहेकाले एकतामा समस्या आएको बताएका छन् ।

नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आममाफी दिने घोषणा गरेकोप्रति टिप्पणी गरेका छन् । नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले स्पष्टीकरण सोधेकोमा गल्ती भएको र फिर्ता लिएँ भनेको भए उचाइ घट्थ्यो र ? भन्दै प्रश्न पनि गरे ।

नेता नेपालले स्पष्टीकरण सोध्नु नै गलत भएको भन्दै ओलीको उक्त घोषणाप्रति कटाक्ष गरे । ‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ । महाराजधिराजबाट आदेश आयो, आममाफीको हामी खुशी भयौं, गदगद भयौं,’ उनले भने । । उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’ओलीप्रति टिप्पणी गर्दै उनले भने, ‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ भनेजस्तै । म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उहीँ छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top