ट्रेण्डिङ

होमपेज / राजनीति

ऋण-सापट गरेर भए पनि सबैलाई खोप दिन्छाैं : देउवा

नेपालगाथा २०७८ श्रावण ८ गते शुक्रबार १७:१७:५२ मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए।

'खोप हाम्रो प्राथमिकता हो, ऋण-सापट गरेर जति महंगो भए पनि नेपाली जनतालाई खोप दिने प्रतिवद्धता गरेका छौं।' देउवाले भने,  'त्यो प्रतिवद्धता पूरा गर्ने विश्वास दिलाउँछु।' प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल मोटामोटी डेढ वर्ष रहेको भन्दै उनले यो अवधिमा देखिने गरी काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top