होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारकै कारण शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्ने उनकै उक्ति उल्टिएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले यस्ताे बताएका हुन।निवर्तमान प्रधानमन्त्रीले नै हो, शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नभुएको,' उनले भने ।
‘पुष ५ र जेठ ८ गते दुईपटक संसद विघटन गरेर आफूले कार्यपालिकाको नेतृत्व गर्दा अपनाउनुपर्ने विधि पालना नगर्ने अनि अहिले आएर जनताको जनादेशबाट हैन परमादेशबाट हो भने कराएर के पाउनुहुन्छ ?, उनले प्रश्न गरे, ‘सत्तामा हुँदा एउटा कुरा अनि विपक्षमा बसेर मूल्य मान्यताको कुरा गरेर कतिको महत्व पाउला ?’
एमाले अध्यक्ष केपी शर्मा ओलीले साढे तीन वर्षअघि कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा रहेको भनेको स्मरण गर्दै नेता सिंहले आफ्नो पार्टीभित्रको समस्या समाधान गर्न नसकेका कारण अहिले कांग्रेसलाई नै सत्ता हस्तान्तरण गर्नुपरेको बताए । उनले भने, ‘शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । तर झण्डै दुईतिहाई बहुमत पाएको सरकारले के गर्यो ?’
उनले आफ्नै घरलाई व्यवस्थित गर्न नसकेको, जनतालाई दिएको बाचा पूरा गर्न नसकेको, विधि मिचेर बहुमतको हुंकार गरेर साढे तीन वर्षमा आफैँले गरेको अनुमान गलत सावित भएर अहिले देउवा नै प्रधानमन्त्री बनेको उनले बताए ।
देउवा सर्वोच्चको परमादेशबाट नभई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेको उनले बताए ।