होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् ।रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए।राजीनामा प्रकरणले एमालेको माधव नेपाल समूहभित्र झन् विवाद निम्त्याएको थियो ।