होमपेज / राजनीति
काठमाडौं । उद्योगपति सांसदको धम्की र पार्टीमा गुटको दबाब कारण गण्डकी प्रदेशको मन्त्रीमा छानिएका कांग्रेस सांसद दोबाटे विक सपथग्रहणका लागि जाँदा-जाँदै उनको नाम काटिएको छ ।
मन्त्री बन्ने पक्का भए पनि अन्तिममा तनहुँका डोबाटे विश्वकर्माको नाम काटिएको हो । उनको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बन्ने भएका छन् । कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् ।