ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री शेरबहादुर देउर्वा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता

तीनबुँदे सहमतिमा छलफल

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १८:३६:०४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउर्वा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विप्लवले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो ।

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्‍ण खाँण सहभागी थिए ।गत २१ फागुनमा विप्लव र सरकारबीच तीनबुँदे सहमति भएको थियो । जसमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमति भएको थियो । यस्तै विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न तयार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top