ट्रेण्डिङ

होमपेज / राजनीति

२२ सांसदलाई ओलीको स्पष्टीकरण पत्र

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १६:३४:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण काम गरेको आरोप लगाएको छ ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । 

पार्टीको अहिले स्थायी समिति बैठक चलिरहेको छ।  २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top