ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक जारी

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार १५:२४:२४ मा प्रकाशित

काठमाडौँ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।बैठकमा यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावल भने सहभागी छैनन्। उनी बैठकमा आउने/नआउनेबारे टुंगो नभएको नेताहरूले बताएका छन्।

पहिलोपटक माधव पक्षका स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । मंगलबार साँझ नेपाल पक्षका सांसदहरूको बैठक बसेको थियो ।सुरूमा ओलीविरूद्ध खरो रूपमा उत्रिएका रावल पछिल्लो समय नेता नेपालसँग टाढिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top