होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट ठाकुर पक्षको माग र सरकारमा सहभागीताका विषयमा केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन र जसपाले उठाउँदै आएको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेको नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।