होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैर कानुनी भएका बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनका सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो ।
'कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ,' देउवालाई मेन्सन गर्दै थापाले ट्विट गरेका छन्, 'र, तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।'