ट्रेण्डिङ

होमपेज / राजनीति

भीमबहादुर रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन ओलीको आग्रह

नेपालगाथा २०७८ श्रावण ४ गते सोमबार १४:५२:३४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीमबहादुर रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए ।‘हिजो तपाईंले हतारिएर सांसद पदबाट राजीनामा दिनुभएछ । सल्लाह गरेको भए पनि हुन्थ्यो,’ ओलीले भने, ‘अब त्यो आवश्यक छैन, मिल्छ भने राजीनामा फिर्ता लिनुस् ।’१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top