होमपेज / राजनीति
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति गद्दारी गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी नरहने बताएका छन् ।
सोमबार शुरू भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन् ।
'गद्दारहरूलाई कारबाही नगर्ने हो भने अब एमाले पार्टी रहँदैन । हिजोको घटना शर्मनाक छ,' ओलीले भने ।नेपालका लागि कुनै ठाउँ नभएको बताएका ओलीले अन्य नेताहरूले भने गल्ती स्वीकार गरेर, सच्चिएर आएमा पार्टीले स्वागत गर्ने बताए ।