होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
“पार्टीभित्र एक खालको धक्काक भयो । फ्लोरक्रस गर्ने काम गर्नुभयो । २२ जनासँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय भएको छ,” एमाले प्रवक्ता प्रदिप ज्ञवालीले भने ।
प्रधानमन्त्री देउवाले आइतबार संसदमा विश्वासको मत मागेका थिए । प्रधानमन्त्री देउवालाई एमालेका सांसदहरू माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पार्टी निर्णय विपरीत विश्वासको मत दिएका थिए ।