होमपेज / राजनीति
काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ ।
अपराह्न ४ बजे बस्ने कार्यक्रम तय भएपनि करिब ४५ मिनेट ढिला गरी बैठक शुरू भएको हो ।संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । त्यसका लागि संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।