होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेता रामजी कुँवरको स्मृतिसभाका लागि पोखरामा रहेका कांग्रेस सांसद गगन थापा हेलीमार्फत काठमाडौं आएका छन्। उनी कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए।
थापाका स्वकीय सचिव सविन बाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा हेली एभरेष्टमार्फत् काठमाडौं आएको र उनीसँगै थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सबिनबाबु मुडभरीले भने , 'विश्वासको मत लिने कार्यक्रमण रहेपछि सडकमार्ग हुँदै आउँदा नभ्याइने हुँदा हेलिमार्फत भर्खरै काठमाडौं आइपुग्नुभएको छ।‘
आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्दैछन्। आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।