होमपेज / राजनीति
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।
केपी ओली नेतृत्वको सरकारको सिफारिसमा २१ वैशाखमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सातवटा अध्यादेश जारी गरेकी थिइन् ।