होमपेज / राजनीति
काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाएका छन् ।
भारतमा उपचाररत रहेका नेता खनालले एक बिज्ञप्ति जारी गर्दै देउवालाई विश्वासको मत दिन अपिल गरेका हुन ।‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’उनले बिज्ञप्तिमा भनेका छन।
सकेसम्म पार्टीले सर्वसम्मत रूपबाटै देउवालाई विश्वासको मत दिनुपर्ने खनालको राय छ । त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।