ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले बैठकको निर्णय :प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने

नेपालगाथा २०७८ श्रावण ३ गते आइतबार १४:३९:३४ मा प्रकाशित

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने निष्कर्ष निकालेको छ ।

\जुनसुकै हालतमा पनि देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बताए । उनका अनुसार देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा रहने छैनन् ।

'आफ्नो पार्टीको सरकार ढालेर फरक प्रक्रियाबाट प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवालाई विश्वासको मत दिएमा उहाँहरूलाई पार्टीमा कुनै स्थान हुनेछैन । बाँकी निर्णय मतदान प्रक्रिया सम्पन्न भएपछि आउनेछ,' उनले भने ।बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै प्रवक्ता ज्ञवालीले एमाले प्रतिपक्षमा बस्ने र विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएकाे जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top