होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच सांसदले अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादवको समूहमा भित्रिएका छन् ।
अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।सांसद रुनी राजबाहेक ४ जना शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६-१६ भएको छ ।