ट्रेण्डिङ

होमपेज / राजनीति

देउवालाई विश्वासको मत दिन्छौं, सरकारमा सहभागी हुन्छौं:मेटमणि चौधरी

नेपालगाथा २०७८ श्रावण २ गते शनिबार १८:४८:०४ मा प्रकाशित

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई संसदीय दलको नेता र केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने बताएका छन् ।

नेकपा (एमाले)का माधव समूहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद चौधरीले आफूहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको बताउँदै वर्तमान सरकारलाई विश्वासको मत दिएर पूरै अवधि चल्न दिने बताए ।‘हाम्रो (एमाले माधव समूहको) चट्टानी अडानकै कारण संसद बाँचेको छ । संविधानको रक्षा भएको छ । हाम्रो वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत रहन्छ ।’उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top