होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन।नेकपाका दोस्रो तहका नेताहरूले १०बुँदे सहमति कार्यान्वयन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता गरेको र पुनर्स्थापित प्रतिनिधिसभाको बैठक भोलि डाकिएको अवस्थामा उनीहरूबीच भेट वार्ता भएको हो ।
गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपालबीच निरन्त छलफल भइरहेको छ ।