होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध नेपालले गरेको बताए।‘अरू कोही व्यक्तिगत रूपमा पार्टीमा आउँछन् भने आऊन् तर माधव नेपाल मुख्य अपराधी हुन् उनलाई पार्टीमा कुनै ठाउँ छैन,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले बतायाे।
संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने बताए ।