ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले भने: न्याय पाउनुपर्ने ठाउँबाट हामीमाथि अन्याय भयो

नेपालगाथा २०७८ श्रावण १ गते शुक्रबार १३:४२:५६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि अन्याय भएको बताएका छन् । शुक्रबार स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका हुन् । 

उनले हिजो जनादेशबाट आफूहरु सरकारमा भएको तर आज परमादेशबाट प्रतिपक्षी हुनु परेको जिकिर गरे ।

“हिजो हामी जनादेशबाट सरकारमा थियौँ, आज हामी पराादेशबाट प्रतिपक्षी भएका छौँ । राष्ट्रियता, संविधान, शान्ति, लोकतन्त्र नेपालको अन्तर्राष्ट्रिय छवि, विकास निर्माणका काम अघि बढाउने कुरा, रचनात्मक र सक्रिय प्रतिपक्षीको भूमिकामा रहनेछौँ । हामी हाम्रा सुझाव र आदर्शलाई अघि बढाउनेछौँ,” उनले भने, “हामी कुनै आवेश, उत्तेजनामा छैनौँ । हामीमाथि अन्याय भएको छ । न्याय पाउनुपर्ने ठाउँबाट अन्याय भएको छ । अन्याय भए पनि फैसला मान्छौँ र कार्यान्वयन गर्छाैँ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top