ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले मानेनन् बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव

नेपालगाथा २०७८ श्रावण १ गते शुक्रबार १३:२६:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु उपस्थित भएका छैनन् । 

एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।स्थायी कमिटी बैठकमा नेता नेपाल समूह उपस्थित नभएपछि शुक्रबार मध्यान्ह तुलसीलाल प्रतिष्ठान बैठक चलिरहेको थियो । बैठक सुरु भएको करिब आधा घण्टा पछि नेता नेपाल समूहका कार्यदल सदस्यहरु भिम रावल, रेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य हलभित्र प्रवेश गरेका थिए ।

अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए । स्रोतका अनुसार उनीहरुलाई ओली समूहका नेताहरुले स्थायी कमिटी बैठकमा आउनु भएको हो ? भनेर प्रश्न गरेका थिए । तर नेता भिम रावलले आफूहरु स्थायी कमिटी बैठक रोक्न आएको जवाफ दिएका थिए ।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top