होमपेज / राजनीति
काठमाडौं । ललिता निवास जग्गा घोटाला काण्डमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छोडेको छ ।
बुधबार विशेष अदालतको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गरिएको हो ।देउवा प्रधानमन्त्री बन्नासाथै नाटकीय रूपमा अदालत पुगेका गच्छदारलाई न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो ।
गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।