होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् ।
देउवा सिंहदरबारबाट नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने अघि नै त्यहाँ पुगेका थिए ।संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए ।
प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका लागि नेपालको निवास पुगेको बताइएको छ ।