होमपेज / राजनीति
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्ने वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै क्षमा दिन नसकिने बताएका छन् ।
बुधबार आफ्नो निजी निवास बालकोट फर्किनुभएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताएका हुन।अरुको पछाडि लाग्नेहरुको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने धारणा राखे।
ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।‘माधव नेपालकै कारण एमालेको सरकार ढलेको हो,’ उनले भने, ‘माधव नेपालजस्ता लाजशरम हराएका विश्वासघाती र अन्तरघातीलाई आत्मालोचना स्वीकार्ने कुनै ठाउँ छैन । नेपालजस्ता गद्दारहरूलाई कुनै क्षमा गर्न सकिन्न ।’