ट्रेण्डिङ

होमपेज / राजनीति

ओलीले भने-संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १७:४४:२० मा प्रकाशित

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बाँकी अवधि संसद् चल्नेमा आशंका व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारबाट देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँकी अवधिमा संसद् चल्ने र समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका हुन् । 

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जस्तो घटना विकास हुँदैछ, त्यसले यो संसद र सरकार सही सलामत अगाडि बढ्ला भन्नेमा शंका छ ।’प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला अनुचित भएको पनि बताए । ‘अदालतको फैसला अनुचित र गलत छ । तर, अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अघि बढ्छौँ,’ उनले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top