होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावबाट एमाले फेरि शक्तिशाली हुने संकेत गर्दै सूर्य बादल हटाएर उदाउने दाबी गरेका छन् ।
सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए ।मंगलबार सिंहदरबारबाट देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै ओलीले भने, 'कहिलेकाहीँ बादल लागेर सूर्यलाई छेक्न सक्छ । तर, बादल हटाए सूर्य फेरि उदाउनेछ ।'ओलीले सम्बोधनको अन्तिममा केही समयका लागि सूर्यलाई बादलले छेके पनि फेरि सूर्य बादल हटाएर उदाउने बताए ।
आफ्नै पार्टीका २३ जना अराजकले सरकार ढाल्न विपक्षीलाई बल पास गरेको भन्दै ओलीले घृणा व्यक्त गरे ।