ट्रेण्डिङ

होमपेज / राजनीति

जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो :ओली

नेपालगाथा २०७८ असार २९ गते मंगलबार १४:५६:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र आफ्ना लागि जीवन भएको बताएका छन् ।

ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको बताएका छन् । उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताए ।प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलीय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाएका छन् ।

मंगलबार देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाप्रति संकेत गर्दै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीको हो । तर, रेफ्री स्वयंमा गोल गर्ने या खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ ।’

प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top