होमपेज / राजनीति
काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको छ।
पार्टी कार्यालय बालकुमारीमा शुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने मुख्य एजेन्डा रहेको छ ।