ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वाेच्च अदालतले गरेको संसद् पुनःस्थापनालाई विधिको शासनलाई बचायाे: देउवा

नेपालगाथा २०७८ असार २८ गते सोमबार १६:३०:०१ मा प्रकाशित

काठमाडौं । सर्वाेच्च अदालतले गरेको संसद् पुनःस्थापनालाई विधिको शासनलाई बचाएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । उनले फैसलाको स्वागत गर्दै यस्तो बताएका हुन् ।

“सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु । यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गर्दछु,” देउवाले भनेका छन्, “देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top