होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
सर्वोच्चको फैसलाको स्वागत गर्दै नेता नेपालले संविधान, संसद र लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।फैसलाले नैतिक मूल्य मान्यतामा रहन निर्देश गरेको पनि नेपालको भनाइ छ ।
पूर्व प्रधानमन्त्री नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने- सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ ।