होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् ।केपी शर्मा ओली समर्थक कार्यकर्ताले अदालतका सबै फैसला नमान्ने भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । एमाले नेता योगेश भट्टराईले भने सर्वोच्चको फैसलाप्रति संयमता अपनाउन कार्यक्रताहरूलाई आग्रह गरेका छन् । फेसबुकमार्फत उनले संयम र धैर्यताका साथ अघि बढ्न आग्रह गरेका हुन् ।