ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतद्वारा पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश

नेपालगाथा २०७८ असार २८ गते सोमबार १४:१८:०८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले पुनस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।त्यसैगरी दुईदिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि परमादेश जारी भएको छ ।

सर्वोच्चको आदेशमा साउन ३ गते साँझ ५ बजे सम्मा बैठक बोलाउनु भनिएको छ । राष्ट्रपति भण्डारीले गएको जेठ ७ गते सरकारको सिफारिसमा संसद विघटन गरेका हुन।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top