ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

नेपालगाथा २०७८ असार २७ गते आइतबार २०:३१:४३ मा प्रकाशित

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

आइतबार अधिवक्तासमेत रहेका तत्कालीन (राष्ट्रिय जनता पार्टी) राजपाका उपाध्यक्ष राजकुमार थापा र हृदयराज मिश्रले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी (सपा) नेपाल मिलेर बनेको जसपा खारेजीको माग गर्दै अदालतमा रिट हालेका हुन् ।

थापाले राजपा र समाजवादी पार्टी नेपालबीच पार्टी एकतापछि बनेको जनता समाजवादी पार्टी नेपाललाई २४ असार २०७७ मा आयोगले मान्यता दिएकाले त्यो निर्णय खारेज गर्न रिटमा माग गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top