ट्रेण्डिङ

होमपेज / राजनीति

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्ने 

नेपालगाथा २०७८ असार २७ गते आइतबार १६:४३:५६ मा प्रकाशित

काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

घोषित आन्दोलन अनुसार उनीहरूले २८  असारमा नेपाल आयल निगमका गाडीहरू चल्‍न नदिने, २९ असारमा पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरूलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने र ३० असारमा  देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top